आगलागीमा जलेर वृद्धको मृत्यु

समाचार

सप्तरी, १३ पुस । बोदेबर्साइन नगरपालिका–४ सिलहट बस्ने ८० वर्षीय मुक्ति राउतको आगलागीमा जलेर मृत्यु भएको छ ।

गोठ घरमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किन गई गएराति आगलागी हुँदा उक्त आगलागीमा जलेर राउतको मृत्यु भएको हो ।

साथै आगलागीबाट घर पूर्णरूपमा जली करिब १ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ईलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ