‘पर्ख र हेर’ को रणनीतिमा जसपा

समाचार

काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी हुने वा नहुने बारे निर्णय गरिसकेको छैन ।

जसपा अहिले ‘पर्ख र हेर’को रणनीतिमा रहेको छ । जसपाले अहिलेसम्म संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन ।

अध्यक्ष उपेन्द्र यादव आफू पराजित भएपछि जसपालाई संसदीय दलको नेता चयन गर्न निकै ठूलो सकस रहेको छ । जसपाले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा राजनीतिक समितिको बैठकपछि मात्रै निर्णय गर्ने जनाएको छ ।

आउँदो पुस १८ र १९ गते जसपाको राजनीतिक समितिको बैठक बस्दैछ । सो बैठकले सरकारमा सहभागिता बारे छलफल गर्ने जनाइएको छ । प्रतिनिधिसभामा जसपाको १२ सिट रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ