संसदीय दलको नेता चयन गर्दै जसपा

समाचार

काठमाडौं, १३ पुस । संघीय संसदको छैठौं ठूलो दल जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्न लागेको छ ।

संसदीय दलको नेता चयन गर्न बुधबार दलको बैठक बोलाइएको छ । दलको नेता आकांक्षीहरु धेरै भएपछि सर्वसम्मत हुन नसकेको हो ।

दलको नेता चयनका लागि सर्वसहमति नभए चुनावी प्रक्रियाबाट जान सकिने जसपाका प्रवक्ता मनिष सुमनले मधेशवाणीलाई जानकारी दिए ।

संसदमा जसपाको १२ जना सांसद रहेका छन् । जसमध्ये संघीय परिषद् अध्यक्ष अशोक कुमार राई, राजकिशोर यादव, नवलकिशोर साह र रामसहाय प्रसाद साह दलको नेताका आकांक्षी हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ