जनकपुरधाम, १३ पुस । मधेश प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेतामा तीन सांसदले दाबी गर्दै आएका छन् । तीनै जनाले आफ्नो दाबी नछोडेपछि दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ ।
मधेश प्रदेशमा दलको नेताको लागि प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव र जनार्दन क्षेत्री दाबेदार छन् ।
दलको नेता चयन गर्न कांग्रेसले गत पुस ७ गते प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको थियो ।
तीनजना दलको नेताको दाबी नछाडेपछि बिहीबार निर्वाचन हुन लागेको हो ।
मधेश प्रदेशसभामा नेपाली कांग्रेसको तर्फबाट २२ सांसद रहेका छन् ।
तपाईको प्रतिक्रिया