जसपा दलको नेतामा रामसहाय यादव निर्विरोध निर्वाचित

समाचार

काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामाा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

दलको नेताका लागि बुधबार चुनावी प्रक्रियामा जाँदा यादवको एकल उम्मेद्वारी पर्दा उनी निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि दलको नेताका लागि जसपाका संघीय परिषद् अध्यक्ष अशोक कुमार राई, राजकिशोर यादवले पनि दाबी गर्दै आएका थिए ।

चुनावी प्रक्रियाका लागि मनोनयन दर्ता गराउने बेलामा अन्य आकांक्षीहरुले मनोनयन दर्ता गराएनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ