विपन्न परिवारलाई न्यानो कपडा वितरण

समाचार

सर्लाही, १४ पुस । सर्लाहीको ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

वडा नं १,३ र वडा नं ९ गरि १ सय जना विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।

ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यको पहलमा बागमती सेवा समाज नेपालले ईश्वरपुरका विपन्न नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरेको हो ।

इस्लामिक रिलिफ नेपाल ईश्वरपुर नगरपालिका तथा बागमती सेवा समाज नेपालको समन्वयमा नगर प्रमुख आचार्य तथा वाग्मती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ