सुदूरपश्चिम प्रदेशका सांसदहरुद्वारा शपथ ग्रहण

समाचार

धनगढी, १५ पुस । नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

धनगढीस्थित प्रदेशसभा बैठक हलमा प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।

त्यसअघि, सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य रावललाई प्रदेशसभा सदस्यको शपथ गराएका थिए ।

सुदूरपश्चिम प्रदेशसभामा रहेका ५३ सदस्यीय मध्ये ६ जना प्रदेशसभा सदस्यले मातृ भाषा (थारु)मा शपथ लिए ।

यसैबिच प्रदेशसभाको पहिलो बैठक पुस १८ गते दिउसो १ः०० बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ