बारा, १५ पुस । नेपाल सरकारका संघीय मन्त्री ज्वाला कुमारी साहले शिक्षामा देखिएको बेथितिलाई अन्त्य गर्ने बताएकी छन् ।
रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई कलैयामा सम्बोधन गर्दै मन्त्री साहले जिल्लाकै जेठो क्याम्पस भएको रामराजले शिक्षाको क्षेत्रमा चाहे जति फड्को मार्न नसकेको बताएकी हुन् ।
उनले क्याम्पसका प्राध्यापकहरू पठनपाठनमा कम समय दिने, बढी राजनीतिमा समावेश हुने गरेको जनगुनासालाई नचिरेसम्म प्रभावकारी शिक्षा एवम् गुणस्तरीय शिक्षा दिन नसक्ने कुरामा जोड दिइन् ।
उनले गुणस्तर शिक्षा उपलब्ध गराउन सकेमात्र यस क्षेत्रका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा आर्जन गर्नसक्ने बताइन् ।
उहाँले शिक्षालाई सुधारोन्मुख बनाउन शिक्षकको भूमिका महत्त्वपूर्ण हुने बताउँदै यसका लागि अभिभावक एवम् सञ्चालक समितिका पदाधिकारीहरूको भूमिका फराकिलो बनाउनुपर्नेमा उनले सुझाएकी हुन् ।
तपाईको प्रतिक्रिया