प्रधानमन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट

समाचार

काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको सो भेटमा उनीहरुबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ