काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई एक सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले वर्तमान सरकार पूर्ण रुपमा सफल हुने कामना गर्दै नेपाल सरकार र नेपाली जनताप्रति आफूको पूर्णसाथ रहने बताएका हुन् ।
प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटका लागि पुगेका यहाँस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ सिङले चिनियाँ प्रधानमन्त्रीको सन्देश हस्तान्तरण गरेका थिए ।
चिनियाँ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्,, “तपाईँको नेतृत्वमा गठन भएको सरकारले नेपालको आर्थिक विकासका सम्बन्धमा गर्ने प्रयासमा चीनले साथ दिनेछ ।”
दुई देशबीच लामो समयदेखि पृथक् द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै बधाई सन्देशमा त्यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया