रुपन्देही, १५ पुस । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा तीनदिने सडक खाना महोत्सव सुरु भएको छ ।
लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका विभिन्न परिकारलाई एकैथलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले बुटवलमा चौथो सडक खाना महोत्सव आयोजना गरिएको हो ।
बुटवल वडा नं ९ तीनकुने चोकदेखि माथि नयाँ बसपार्कसम्म निर्माणाधीन कालिकापथ सडकको दाँयावाँया क्षेत्रमा सडक खाना महोत्सव सञ्चालन गरिएको हो । विभिन्न खानाका परिकारसहितका १ सयभन्दा बढी स्टल राखिएको छ ।
तीन दिनसम्म चल्ने सडक खाना महोत्सवको शुक्रबार एक कार्यक्रमबीच संघीय सांसद तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले शुभारम्भ गरे ।
तीन दिनसम्म चल्ने उक्त सडक खाना महोत्सवमा करिब १ करोडको आर्थिक कारोबार हुने र १ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकहरूको अपेक्षा छ ।
तपाईको प्रतिक्रिया