पर्सा, १६ पुस । वीरगंज महानगरपालिका–१६ ईनर्वाबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ४८ ट्याब्लेट सहित सोही महानगरपालिका–१६ गणेशटोल बस्ने २७ वर्षीय रोहित यादव समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बी आर ०५ पी ९१३७ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक रोहित समेत गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया