ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

बाँके, १६ पुस । नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित सडकमा ना.७ ख १७ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

दैलेख नारायण नगरपालिका–५ खातिकोट बस्ने १८ वर्षीय तेजन थापा मगरको शनिबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ