सुनसरी, १६ पुस । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा २१ लाखभन्दा बढीको धनमाल क्षति भएको छ ।
धरान उपमहानगरपालिका–५ देवीगाउँ बस्ने पंचराज राईको घरमा विद्युत सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका–७ प्रगति टोल बस्ने तिर्थ बहादुर थापाको गोठमा शुक्रबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
तपाईको प्रतिक्रिया