म्याजिक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

समाचार

रौतहट, १७ पुस । माधवनारायण नगरपालिका–३ सखुहवास्थित सडकमा म्याजिक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

ना.१ ज ६७४९ नम्बरको म्याजिक र बा.३९ प ८८६५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा सोही नगरपालिका–२ बस्ने ६५ वर्षीय परमात्मा प्रसाद साह र सोही नगरपालिका–३ सखुहवा बस्ने ५५ वर्षीय गौकरण यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते उनीहरूको तराई सिटी अस्पताल सुकदेवचोकमा उपचारको क्रममा मृत्यु भएको हो । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ