घरको ताला तोडेर ९ लाखभन्दा बढी चोरी

समाचार

जनकपुरधाम, १७ पुस । जनकपुरधाम उपमहानगरपालिका–१२ प्रगतिनगर बस्ने ३५ वर्षीय प्रविण मिश्राको घरमा चोरी भएको छ ।

सुन तथा चाँदीका विभिन्न गहना र नगद ५ हजार रुपैयाँ तथा भारतीय रुपैयाँ ६ हजार समेत गरी ९ लाख रुपैयाँ बराबरेको धनमाल शनिबार साँझ चोरी भएको हो ।

उनको घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ताला फोडी उक्त रूपैयाँ बराबरको धनमाल चोरी गरेको भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ