जनकपुरधाम, १८ पुस । पत्रकारलाई ज्यान मार्ने धम्की दिने विदेह नगरपालिकाका प्रमुख बेचन दासलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले महासंघका सदस्य एवं अनलाइन खबर डटकमका समाचारदाता शैलेन्द्र महतो क्रान्तिलाई मेयर दासले ज्यान मार्ने धम्की दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई महासंघका अध्यक्ष मनिका झा नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । पौडेलले प्रदेशसभा परिसरमा पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिएका थिए ।
पत्रकारलाई ज्यान मार्ने धम्की दिने नगर प्रमुख पौडेललाई कारबाही नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत महासंघको टोलीले दिएको छ ।
तपाईको प्रतिक्रिया