३५० किलो गाँजासहित राजवंशी पक्राउ

समाचार

मोरङ, १८ पुस । रंगेली नगरपालिका–१ बविया बस्ने ४० वर्षीय मनोज राजंवशीलाई अवैध लागूऔषध गाँजा ३ सय ५० किलोसहित प्रहरीले पक्राउ गरेको छ ।

उनले अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले तलासी गर्दा १५ वटा बोरामा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै उक्त गाँजा ओसारपसारमा संलग्न रहेको खुल्न आएका धनकुटा, धनकुटा शहिदभूमी गाउँपालिका–२ बस्ने २९ वर्षीय सबेचन भन्ने हस्त राईलाई समेत प्र.१–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ