काठमाडौं, १८ पुस । जनता समाजवादी पार्टी नेपालको दुईदिने राजनीतिक समितिको बैठक शुरु भएको छ ।
सोमबार र मंगलबार दुई दिनसम्म चल्ने बैठकले चुनावी समीक्षा, वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण र सरकारमा जाने वा नजाने बारे निर्णयहरु गर्ने जसपाका प्रवक्ता मनिष सुमनले जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएको जसपाले सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गरेको छैन । यो बैठकबाट यसबारे निर्णय गरिनेछ ।
तपाईको प्रतिक्रिया