काठमाडौं, १८ पुस । ‘सनातन हिन्दू राष्ट्र नेपाल कायम गरियोस्’ भन्दै हिन्दू परिषद् नेपालले नेपाल सरकार समक्ष २१ बुँदे माग राखेको छ ।
परिषद्का केन्द्रीय अध्यक्ष सन्तोषानन्दजी महाराजले सोमबार एक विज्ञप्ति जारी गर्दै २१बुँदे माग सार्वजनिक गरेका छन् ।
परिषद्ले यसअघि पनि तत्कालीन सरकारहरुका प्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवालाई यस्तै मागहरुसहित ज्ञापनपत्र बुझाइसकेको छ ।
वर्तमान प्रधानमन्त्री प्रचण्डलाई पनि विभिन्न मागसहित ज्ञापनपत्र बुझाउने तयारी गरिरहेको अध्यक्ष महाराजले जनाएका छन् ।
यस्ता छन् मागहरुः
१) सनातन हिन्दू राष्ट्र नेपाल कायम गरियोस् ।
२) जातीय र धार्मिक आयोग खारेज गरियोस् ।
३) हरेक क्षेत्रमा क्षमतावान लाई प्राथमिकता दिइयोस् ।
४) धर्म परिवर्तन पूर्ण रुपमा बन्द गरियोस् एवं धर्म परिवर्तन गराउनेलाई १० वर्ष कैद एवं देश निकालाको व्यवस्था लागु गरियोस् ।
५) गौ हत्याएवं तस्करी पूर्ण रुपमा बन्द गरियोस् ।
६) षड्यन्त्रपूर्वक बन्द गरिएको संस्कृत शिक्षापुनः सञ्चालन गरियोस् ।
७) हरेक जिल्लामा एउटा गुरुकुल र गौशाला सरकारी स्तर बाटै स्थापना गरियोस् ।
८) हरेक देशले भगाएका रोहिंग्या मुसलमानलाई देश निकाला गरियोस् एवं नेपालमा चोरबाटो आउने कार्य पूर्ण रुपमा बन्द गरियोस् ।
९) मठ, मन्दिर एवं धार्मिक स्थल वरिपरि पूर्णरुपमा माछा, मासु र मदिरा पसल बन्द गरियोस् ।
१०) दीर्घकालीन योजना अनुरुप सानो परिवार सुखी परिवारको अवधारणा लागू गरियोस् ।
११) स्कुल, कलेज एवं अन्य शैक्षिक क्षेत्रमा कुनै धर्म विशेषको पहिरन बन्द गरियोस् ।
१२) बलात्कारी र देशद्रोहीलाई फाँसीको व्यवस्थालागू गरियोस् ।
१३) मठ, मन्दिर एवं धार्मिक क्षेत्रका सम्पत्ति सामाजिक कार्यमा लगाउँदा स्थानीय सरोकारवाला सँग समन्वय र सहकार्य गरियोस् तर जग्गा विक्री वितरण पूर्णरुपमा रोक लगाइयोस् ।
१४) धार्मिक गुरु, महन्थएवं अभियन्ताहरुको सुरक्षा ग्यारेन्टी गरियोस् ।
१५) राष्ट्रगुरुयोगी नरहरिनाथलाई विभूतिघोषणा गरियोस् ।
१६) दोहोरो नागरिकता फेला परेको खण्डमा त्यो व्यक्तिको सम्पूर्ण सम्पत्ति जफत गरियोस् ।
१७) राजनीतिक दलमा पनि जातीय, धार्मिक एवं समाज विखण्डित गर्ने कमिटी गठन गर्ने प्रक्रिया बन्द गरियोस् ।
१८) कुनै सम्झौतागर्दा राष्ट्र, जनता र धर्मलाई हानीनहुने कार्य गर्न अनुरोध गर्दछौं ।
१९) सनातनधर्म रक्षाएवं ओमकार परिवारको एकताएवं संस्कृति मजबुतीका लागि राज्यस्तर बाटै कार्यक्रम लागू गरियोस् ।
२०) महिला, बालबालिका एवं समुदाय विरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यगर्ने व्यवस्था लागू गरियोस् ।
२१. धार्मिक स्थलमा राजनीतिक नियुक्ति बन्द गरियोस् एवं जानकी मन्दिर, देवघाट धाम सहित अन्य प्रमुख धार्मिक स्थल लाई विश्व सम्पदा सूचीमा राख्ने व्यवस्था तयार गरियोस् ।
उल्लेखित मागहरु पूरा गर्न नेपाल सरकार समक्ष जोडदार माँग गर्दछौं।उक्त मांग पुरा गराऊन देश भरी जनजागरण कार्यक्रम गर्दै आएको र सामाजिक एवं धार्मिक कार्य गरी नेपाली समाज लाई जोड़ने कार्य गरी रहेको जानकारी गराउँद छौं।
सम्पूर्ण नेपालीहरुको जय होस।
...........................
संतोषनंद महाराज
केन्द्रीय अध्यक्ष
तपाईको प्रतिक्रिया