जसपाका रौतहट जिल्ला सचिव लखिन्द्र निष्काशित

समाचार

रौतहट, १८ पुस । जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला समन्वय समितिका सचिव लखिन्द्र यादवलाई निष्काशन गरिएको छ ।

जसपा रौतहट जिल्ला समन्वय समितिका अध्यक्ष श्याम बिहारी यादवले आइतबार एक विज्ञप्ति जारी गरी लखिन्द्रलाई निष्काशन गरिएको जनाएका हुन् ।

लखिन्द्रले पार्टीको विधानविपरीत कार्य गरेको र अनुशासनहीनता कार्य गरेको आरोप जिल्ला अध्यक्ष श्यामले लगाएका छन् ।

उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ