‘मधेश फर्स्ट’को अवधारणाप्रति जनमत प्रतिबद्ध रहने : उपाध्यक्ष ई.कुशवाहा

समाचार

जनकपुरधाम, १८ पुस । मधेश प्रदेशसभा सदस्यमा नवनिर्वाचित प्रदेश सांसद एवं जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले ‘मधेश फर्स्ट’को अवधारणामा प्रतिबद्ध रहने बताएका छन् ।

सोमबार मधेश प्रदेशसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उपाध्यक्ष ई.शुकवाहाले सो प्रतिबद्धता जनाएका हुन् ।

उनले प्रदेशसभा सदस्यमा निर्वाचित भएर आएका सांसदहरु फरक पार्टी, फरक विचारधारा, फरक सोचाइ भएपनि मधेशको सवालमा एकबद्ध भएर मधेश प्रदेशलाई नमुना प्रदेशको रुपमा विकसित गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

‘हामीबीच रहेको मनभिन्नता, द्वेष, असमानता भएपनि पाँच वर्षका लागि थाँती राखी मधेशलाई साझा कर्मथलोको रुपमा विकास गरौं,’ उनले भने, ‘जनमत पार्टीका सांसदहरु सबैसँग काँधमा काँध मिलाएर काम गर्न तत्पर छौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ