स्वतन्त्र सांसद साह एमाले प्रवेश

समाचार

काठमाडौं, १९ पुस । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र सांसदको रुपमा रौतहट–२ बाट निर्वाचित किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् ।

सांसद साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् ।

उनी प्रतिनिधिसभा सांसदको शपथ ग्रहण कार्यक्रममा संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

स्वतन्त्र सांसद साह एमाले प्रवेश गरिसकेपछि प्रतिनिधिसभा एमालेका ७९ सांसद भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ