काठमाडौं, १९ पुस । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको दुईदिने बैठक सम्पन्न भएको छ । सोमबारदेखि सुरु भएको बैठक मंगलबार साँझ सम्पन्न भएको हो ।
सो बैठकले सरकारमा जाने वा नजानेबारे प्रष्ट निर्णय गरेको छैन । जसपाका प्रवक्ता मनिष सुमनले बैठकका निर्णयहरु सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् ।
सरकारमा सहभागी हुने विषयमा जसपाको राजनीतिक समिति बैठकले सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँडको आधारमा सरकारमा सहभागी अन्यथा सरकारलाई बाहिरबाटै समर्थन गर्ने निर्णय गरेको प्रवक्ता सुमनले जनाएका छन् ।
यसैगरी विभिन्न दल एवं संगठनहरुसँग एकता, सहकार्य तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समितिसमेत गठन गरेको छ ।
बैठकका निर्णयहरुः
०७९ पुष १८–१९ गते काठमाडौंमा सम्पन्न जनता समाजवादी पार्टी नेपालको राजनीतिक समिति बैठकका निर्णयहरुः–
– सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँडको आघारमा सरकारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने ।
– विभिन्न दल÷संगठनहरूसँग एकता, सहकार्य तथा गठबन्धन सम्बन्धी वार्ता गर्नका लागि निम्न अनुसार वार्ता समिति गठन गरिएको छ।
१. श्री राजेन्द्र श्रेष्ठ ( संयोजक )
२. श्री रकम चेम्जोङ
३. श्री गोविन्द चौधरी
– माघ मसान्तभित्र पार्टीका निष्क्रिय संगठनहरूलाई क्रियाशील बनाउने ।
– विगतमा सम्पन्न भएका निर्वाचनहरूमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्घ उम्मेदवारी दिने, अन्तर्घात गर्नेलाई तत्सम्बन्धित समितिहरूले विधानअनुसार कारवाही गर्ने ।
– संघीय परिष्द र केन्द्रीय समितिका सदस्यहरूको हकमा जाँंझबुझ÷छानविन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउन निम्न छानविन समिती गठन गरियो। समितिले माघ मसान्तभित्र रिपोर्ट दिने ।
१. शिवलाल थापा मगर ( संयोजक )
२. देव बहादुर दुरा
३. बालकिशोर यादव
४. अशोक लगरवार
५. मा. प्रमिला यादव
– पार्टी विधान अधिवेशनका लागि पार्टी विधानको मस्यौदा गर्न निम्न “विधान मस्यौदा समिति” गठन गरियो। १. उपेन्द्र यादव (संयोजक), २. राजेन्द्र श्रेष्ठ, ३. रकम चेम्जोंग, ४. शुशिला श्रेष्ठ, ५. शिवलाल थापा मगर, ६. लालबाबू राउत, ७. दिपेन्द्र झा, ८. दिपक राई, ९. पंचलाल महर्जन, १०. विरेन्द्र ठाकुर, ११. भगवति सुवेदी ।
तपाईको प्रतिक्रिया