पिछडावर्गका महासचिव र प्रवक्तासहित चार जना निलम्बित

समाचार

काठमाडौं, २० पुस । नेपाल पिछडावर्ग (ओबीसी) महासंघका महासचिव, सचिव, प्रवक्ता र एक जना केन्द्रीय सदस्य गरी जना निलम्बनमा परेका छन् ।

महासंघका अध्यक्ष गजेन्द्र ठाकुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव बबिता देवी, सचिव महेन्द्र प्रसाद साह, प्रवक्ता शशिकुमार महतो, केन्द्रीय सदस्य रविन्द्र कुमार यादवलाई सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाएका छन् ।

ती चारै जनाका गतिविधि शंकास्पद, बैठकमा हो–हल्ला गर्ने, विधान तथा केन्द्रीय कार्यसमितिको निर्णय पालना नगर्ने, अध्यक्षको निर्देशन पालन नगर्ने आरोपहरु अध्यक्ष ठाकुरले लगाएका हुन् ।

महासंघको हितविपरीत कार्य गरेको र स्पष्टीकरणको जवाफसमेत नदिएकोले तीन वर्षसम्मका लागि चारै जनालाई निलम्बन गारिएको अध्यक्ष ठाकुरले विज्ञप्तिमार्फत् जनाएका छन् ।

साथै, अध्यक्ष ठाकुरले महासंघको महत्वपूर्ण कागजातहरु नबुझाएको खण्डमा संस्था ऐन बमोजिम कानूनी कारबाहीमा जाने विज्ञप्तिमार्फत् चेतावनीसमेत दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ