१३ बिघामा लगाइएको गाँजाको बिरूवा फडानी

समाचार

सर्लाही, २० पुस । लालबन्दी नगरपालिका–१४ स्थित करिब १३ बिघा जग्गामा लगाईएको अवैध लागूऔषध गाँजाको बिरूवा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

मंगलबार उक्त स्थानमा अवैध लागूऔषध गाँजाको बिरुवा लगाएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल समेतबाट खटिएको संयुक्त टोलीले उक्त गाँजाको बिरुवा फडानी गरी नष्ट गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ