खजुराका विद्यालयहरु शनिबारसम्म बन्द

समाचार

नेपालगन्ज, २० पुस । बाँके जिल्लाको खजुरा गाउँपालिकाले विद्यालयहरूमा बिदा दिएको छ ।

अत्यधिक चिसो बढेपछि बुधबारदेखि शनिबारसम्म विद्यालयहरुलाई पठनपाठन बन्द गर्न गाउँपालिकाले सूचना जारी गरेको हो ।

बदलिँदो मौसमले अत्यधिक चिसो हुँदा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सबै सामुदायिक र निजी विद्यालयहरूमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ