सिरहा, २० पुस । आफ्नै सासु ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा उनकै बुहारी पक्राउ परेकी छन् ।
धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया