सुनसरी, २० पुस । हिन्दू स्वयंसेवक संघ नेपालले इनरुवा नगरपालिका वडा न. ९ बबियामा उराँव बस्तीमा ४१ जना बालबालिकाहरुलाई स्वीटर वितरण गरेको छ ।
वितरण कार्यक्रममा हिन्दू स्वयंसेवक संघका सुनसरी जिल्ला सहसंचालक दिलिप चन साहु, इनरुवा नगर सहसंचालक सिंहेश्वर मेहता, इनरुवा बिस्तारक अकास जि, संघको स्वयंसेवकहरु बिनोद मेहता, प्रेमलाल उराँव, धनिक लाल खत्वे, राम कुमार यादव, शिक्षकहरु नाबन्य निरौला, गणेश गुरागाँइ,सुनर लाल साह सहित समाजसेवीहरु सत्यनारायण मण्डल खत्वे, कुलेश्वर मेहता, जोगिन्द्र साह, पत्रकार एवं सामाजिक अभियन्ता जय कृष्ण यादव ज्युको उपस्थिति रहेको थियो ।
स्वीटर वितरण कार्यक्रमबाट स्थानीयहरु निकै हर्सित भएका छन् ।
संघले यस वर्ष सुनसरी जिल्लाभरको ११०० जना बच्चालाई र २५० जना बिपन्न बर्गको जेष्ठ नागरिकलाइ न्यानो कपडा वितरण गरिने जनाएको छ ।
तपाईको प्रतिक्रिया