बाल सञ्जाल समूहहरुलाई खेलकुद सामग्री वितरण

समाचार

कपिलवस्तु, २० पुस । जिल्लाको यशोधरा गाउँपालिका ३ नं. वडा कार्यालयले वडा भित्रका बाल सञ्जाल समूहहरूलाई खेलकुद सामग्रीहरु वितरण गरेको छ ।

वडा कार्यालय वसन्तपुरमा बुधबार एक समारोहका बीच वडा अध्यक्ष सरिता त्रिपाठीले खेलकुद सामग्री बाल सञ्जाल समूहमा आबद्ध बालबालिकालाई हस्तान्तरण गरेकी हुन् ।

वडा अध्यक्ष त्रिपाठीले बालबालिकाको विकासका लागि शिक्षासँगै खेलकुदको पनि उत्तिकै महत्त्व रहेकाले वडाले बालबालिका लाई प्रोत्साहनका लागि खेलकुद सामग्री वितरण गरेको बताइन् ।

कार्यक्रमको सहजीकरण वडा नं. ३ का बाल सहजकर्ता लवकुश पासवानले गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु र वडाका कर्मचारीहरूसँगै बाल सञ्जालमा आबद्ध वडाका विभिन्न गाउँ–टोलका बालबालिकाहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ