मधेश प्रदेशमा एमालेको संसदीय दलका नेतामा यादव

समाचार

जनकपुरधाम, २० पुस । मधेश प्रदेशका सबभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलको नेतामा सरोज कुमार यादवलाई सर्वसम्मत चयन गरेको छ ।

एमालेको संसदीय दलको नेतामा केन्द्रबाट स्वीकृत यादवको नाम नेकपा एमालेका प्रदेश सभाका सदस्यहरूको बैठकले अनुमोदन गरेको हो ।

महोत्तरीको निर्वाचन क्षेत्र नंं ४ को (क) बाट निर्वाचित यादव विद्यार्थी राजनीतिबाट नेकपा एमालेमा सक्रिय छन् ।

मधेश प्रदेश सभामा १० दलको सहभागिता छ भने कूल १०७ सदस्य छन् । मधेश प्रदेशसभामा एमालेका २३ सांसद छन् ।

यसैगरी, मधेश प्रदेशको संसदीय दलका उपनेतामा धनुषा ३ को (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर चयन भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ