रौतहट, २१ पुस । आम जनता पार्टी ( आजपा) निकट आइटी आर्मीले शीत लहरको प्रकोपबाट पीडितहरुको उद्दार, राहत तथा यश समस्याको दीगो समाधानका लागि सरकारसंग माग गरेको छ ।
आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले शीत लहरको प्रकोपबाट पीडि़तप्रति राज्य उदाशीन देखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै यस्तो माग गरेका हुन ।
नेपालको तराई मधेशका विभिन्न जिल्लाहरुमा विगतका वर्षहरुझैं यस वर्ष पनि आम जनता शीत लहरको प्रकोपबाट प्रभावित हुन थालिसक्दा समेत राज्य अहिलेसम्म बेखबर भई कानमा तेल हालेर सुतिरहेको आरोप साहको छ ।
यस क्षेत्रमा जाडो र शीत लहरबाट मुख्यतः गरीब–विपन्न परिवारका ससना बालबालिका, वयोवृद्ध लगायत परिवारका अन्य सदस्यहरु तथा घरपालुवा जनावर सहित अन्य जीवजन्तुहरु समेत कठंग्रीएर शिकिस्त बिरामी पर्ने र समयमैं उचित स्यारसुसार एवं स्वास्थ्य उपचारको अभावले गर्दा मृत्युको मुखमा परेका अनेकन ह्रदयविदारक घटनाहरु कसैबाट लुकेको छैन ।
त्यसैगरी, अहिलेको समयमा किसानहरूको मौसमी बालिनालिमा समेत ठुलो क्षति हुने गर्छ । यो सब समस्या लगभग नियमित वर्षको समस्या नै हो तर यस समस्याप्रति देशको संघ, प्रदेश र स्थानीय गरी तीनैं (३ ) तहको सरकार बीना कुनै पूर्वतयारी हातमा हात राखेर अकर्मण्यताका साथ कुम्भकर्ण निन्द्रामा सुतिरहनु दुखद दूर्भाग्य एवं विडम्बना कुरा रहेको जनाएका छन ।
यस गलत रवैयामा समयमैं सुधार नभए असन्तुष्ट एवं आक्रोशित आम जनताले संघर्ष एवं विद्रोहको मार्ग अख्तियार गर्न बाध्य हुने र यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मा स्वयं राज्य पक्षले लिनुपर्ने चेतावनी आइटी आर्मीको छ ।
तपाईको प्रतिक्रिया