मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

समाचार

धनुषा, २१ पुस । मिथिला बिहारी नगरपालिका–२ धमौरा पोखरीस्थित सडकमा ज.२ त ९५२५ नम्बरको ट्याक्टरमा प्र.२–०२–००५ प ५४३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–३ बस्ने ३५ वर्षीया सावित्री देवी मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते मोटरसाइकलका चालक समेत २ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ