गिफ्ट सेन्टरमा आगलागी

समाचार

कपिलवस्तु, २१ पुस । शिवराज नगरपालिका–५ चन्द्रौटा बजारस्थित सोही ठाउँ बस्ने ३४ वर्षीया साबित्रा चन्दको किट्स क्याम्प एण्ड गिफ्ट सेन्टर पसलमा आगलागी भएको छ ।

करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ