मोरङ, २१ पुस । विराटनगर महानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध लुपिजेशिक १० एम्पुल, एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल र फेनारगन १० एम्पुलसहित एक किशोर पक्राउ परेका छन् ।
झापा कमल गाउँपालिका–५ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया