बारा, २१ पुस । जितपुरसिमरा उपमहानगरपालिका–१६ पसाहापुलस्थित सडकमा ग.२ च ४४१३ नम्बरको स्कारपियोले प्र.२–०३–००२ प ४५८७ नम्बरको स्कुटर र साईकललाई बिहीबार बिहान ठक्कर दिई दुर्घटना स्कुटर चालक सोही उपमहानगरपालिका–१६ बस्ने ४० वर्षीय राजेन्द्र माझीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका साईकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया