कैलाली, २२ पुस । धनगढी उपमहानगरपालिका–९ भैंसीघाटबाट अवैध लागूऔषध चरेश ७ ग्राम ६ सय ८० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् ।
सोही उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय अरुण चौधरी समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको म.१ प ६८४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया