रौतहट, २२ पुस । मिथिला अर्गेनिक कृषि फार्मका सन्चालक सिकिन्द्र यादब शुक्रबार बेलुकी लुटपाटमा परेका छन् ।
फतुवा बिजयपुरका बर्गिनिया चौकबाट मिथिला कृषि फार्मका सन्चालक यादव बेलुकी बजारबाट पैसा कलेक्सन आउँदा बाटोमा तीन चार जानाको समुहले नगद ३० हजार हजर र एउटा मोबाइल फोन लुटिएका छन् ।
साथै रक्सीमा मातिएका लुटेराहरुले यादवमाथि हातपात समेत गरेको उनी निकट स्रोतले बताएको छ ।
त्यो पालिकाको वडा नम्बर ६ मा राती चोरी हुनेको संख्या पनि धेरै नै बढेका छन् ।
गत हप्ता मात्रै एकै रातमा तीन ओटा घरमा सेन काटी हजारौंको समान, गहना र नगदी चोरी भएका खबरहरु छन् ।
तपाईको प्रतिक्रिया