पिछडावर्ग महासंघको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति घोषणा

समाचार

काठमाडौं, २२ पुस । नेपाल पिछडावर्ग (ओबीसी) महासंघको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष गजेन्द्र ठाकुरको अध्यक्षतामा काठमाडौंस्थित मधेश मिडिया हाउसमा शुक्रबार सम्पन्न वार्षिक साधारणसभाबाट केन्द्रीय समितिमा निष्क्रिय रहेका पदाधिकारी तथा सदस्यमा फेरबदल गरी नयाँ कार्यसमिति घोषणा गरेको छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष ठाकुर, उपाध्यक्षद्वय सुरेश चन्द्र राय, उपेन्द्र प्रसाद चौधरी, महासचिव विन्देश्वरी लाल ठाकुर, सचिवद्वय रजनिशकान्त प्रसाद कुशवाहा र सुधादेवी यादव, कोषाध्यक्ष फुलतारण कुमारी र प्रवक्तामा शिवकुमार साह चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा रामशिला देवी, अच्छेलाल ठाकुर, दिपलाल महतो, लालबाबु चौधरी, मो.साजिद हुसेन, उषा कुमारी, मिना देवी, इलियास हजाम र सोनेलाल पण्डित रहेका छन् ।

महासंघको साधारणसभामा राष्ट्रिय समावेशी आयोगका पदाधिकारी, पूर्वमन्त्रीहरु, सांसद लगायत महासंघका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ