जनकपुरधाम, २३ पुस । दिन प्रतिदिन बढ्दै गएको चिसो तथा बाक्लो हुस्सुका कारण मधेश प्रदेशको जनजीवन कष्टकर बन्दै गएको छ ।
घाम नलाग्नुका साथै पश्चिम दिशाबाट चलेको चिसो हावाका कारण जनजीवन नराम्रोसँग प्रभावित बनेको हो ।
चिसो बढेपछि गरिब तथा विपन्नहरू बढी पीडामा परेका छन् ।
चिसोका कारण अपाङ्ग, दम, हाडजोर्नी तथा नशाका बिरामी बढी पीडित हुने गरेका छन् ।
चिसोका कारण प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको अस्पतालले जनाएको छ ।
मधेश प्रदेशमा चिसोका कारण हालसम्म १ दर्जन व्यक्तिको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया