शीतलहर प्रभावितहरुलाई कम्बल वितरण

समाचार

वीरगंज, २३ पुस । कठ्याङ्ग्रिँदो जाडो र शितलहरबाट प्रभावित १ सय २० जनालाई वीरगंजमा कम्बल वितरण गरिएको छ ।

रुंगटा वेल फेयर सोसाइटी र ग्रिन सिटी सामुदायिक केन्द्रको संयुक्त आयोजनामा जाडोबाट प्रभावितहरूलाई कम्बल वितरण गरिएको हो ।

यसैगरी कठ्याङ्ग्रिँदो चिसोबाट बच्न साहिब दरबार सेवा संस्थानले वीरगञ्ज सडक पेटीमा रात बिताउन बाध्य विपन्नहरूलाई न्यानो कपडा उपलब्ध गराएको छ ।

संस्थानले सडक पेटीमा रात गुजार्न बाध्य भएकाहरूलाई गएराति सुतिरहेकै ठाउँमा पुगेर कम्बल उपलब्ध गराएको हो ।

वीरगञ्जको माइस्थान, घण्टाघर, आदर्शनगर, बसपार्क, छपकैया, विर्ता लगायतका स्थानमा खुला आकाशमुनि र सडक पेटीमा सुतिरहेका करिब ३० जनालाई न्यानो कपडा उपलब्ध गराइएको हो ।

बढ्दो शीतलहरीका कारण कठ्याग्रिदो चिसो बढेकाले चिसोकै कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले न्यानो कपडा उपलब्ध गराइएको संस्थानका अध्यक्ष उमेशलाल सहनीले बताए ।

विशेष गरेर रिक्सा, ठेला चालक तथा विपन्न व्यक्तिहरू सडक पेटीमै रात गुजार्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ