सप्तरी, २४ पुस । खडक नगरपालिका–११ स्थित सडकमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल रोकी राखेको स.१ ख ९२८ नम्बरको टिपरमा ठोकिएर गएराति दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल चालक खडक नगरपालिका–११ बनौली बस्ने २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–१० बस्ने २२ वर्षीय रामा कान्त चौधरी रहेका छन् ।
दुर्घटनामा घाइते भएका एक जनाको गजेन्द्र नारायण सिंह अस्पताल हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया