मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु

समाचार

सिरहा, २४ पुस । मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु भएकोा छ ।

धनगढीमाई नगरपालिका–२ पक्किटोल बस्ने ५० वर्षीय अक्षयलाल चौधरीको मिल चलाउने क्रममा मिलको फित्तामा बेरिदा शनिबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित शिव राईस कुटान मिलमा काम गर्ने क्रममा फित्ता बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ