काठमाडौं, २४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न भएको छ ।
आइतबार बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा अध्यक्ष महन्थ ठाकुरलाई निर्णय गर्ने अधिकार दिएको हो ।
यसैगरी, सो बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ ।
साथै, संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय पनि केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको लोसपाका नेता केशव झाले जनाएका छन् ।
तपाईको प्रतिक्रिया