विराटनगर, २४ पुस । ६० सांसदको समर्थनसहित नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुखसमक्ष नेता कार्कीले प्रदेशसभामा रहेका एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गारेका हुन् ।
संविधानको धारा १६८ उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुंगले आज साँझ ५ः०० बजे सम्मको समय सीमा दिएका थिए ।
कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ बाहेक अरू सबै दलका सांसदहरुले कार्कीलाई समर्थन गरेका छन् ।
तपाईको प्रतिक्रिया