नेपालगन्ज, २५ पुस । नेपालगंजमा जनमत पार्टी बाँकेद्वारा बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ ।
प्रतिनिधिसभाका सदस्य तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा मन्त्री अब्दुल खानलाई बांकेमा सम्मान गरिएको हो ।
प्रतिनिधिसभामा समानुपातिक तर्फबाट निर्वाचित खानलाई जनमत पार्टी बांकेका अध्यक्ष पहलाद यादव तथा बांके क्षेत्र नम्बर ३ (ख) का प्रदेश सांसद पदका प्रत्यासी सह्बुद्दिन अनसारी सहितका नेता तथा कार्यकर्ताले नेपालगंज–१२ मा रहेको सुनाखरी कटेजमा बधाई तथा सुभ कामना कार्यक्रममा सम्मान साथै आगामी कार्याकालको शुभकामना प्रदान गरिएको हो ।
सो अबसरमा बोल्दै पार्टी अध्यक्ष यादवले खान निर्वाचित भएसंगै समग्र जनमत पार्टीका कार्यकर्तामा उत्साह थपिएको बताए । यादवले जनताको पक्षमा निरन्तर काम गर्न र संसदमा जनताको अवाज उठाइदिन निर्वाचित सांसद खानलाई आग्रह गरे ।
जनमत पार्टी बांकेका वरिष्ठ नेता सह्बुद्दिन अन्सारीले जनमत पार्टीले विगतदेखि उठाएका मुद्दाहरुलाई सम्बोधन गर्ने बेला आएको र सबै समस्याहरुलाई राष्ट्रिय राजनीतिमा दरिलो गरि उठाउन आग्रह गर्नुभएको लिमरा खबरलाई अनसारीले बताए । मंत्रि अब्दुल खाँनले पार्टी र जनताको विश्वासलाई कायम राखेर अगाडी बढ्ने बताए ।
मन्त्री अब्दुल खानले आफूहरु जनताको लागी राजनीतिक तथा समाजिक अधिकारको साथै बिकासका लागि निरन्तर संघर्ष गरेकोले आगामी दिनमा पनि सशक्त भुमिका निभाउने बताए ।
कार्यक्रममा जनमत पार्टी बांकेका सचिव सहित जनमतका नेता ,कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ । जनमत पार्टी बांके युवा नेता तेज नारायण कडेलले बताए ।
तपाईको प्रतिक्रिया