गरुडा नगरपालिकाले निजि जग्गामा बलपूर्वक बनायो सडक

समाचार

प्रेमचन्द्र झा, रौतहट, २५ पुस । गरुडा नगरपालिकाले जग्गाधनीसँग विना कुनै सोधी–खोजी नगरी निजि जग्गामा बलपूर्वक बाटो बनाएको वडा नम्बर २ का रामचन्द्र साह कानु र रामबाबु साहले आरोप लगाएका छन् ।

पीडितले आफु माथि अन्याय भयो भनी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र नेपाल पत्रकार महासंध रौतहट शाखामा आइतबार निवेदन दिँदै सो आरोप लगाएका हुन् ।

यसको बारे गरुडा नगर प्रमुख कन्थमणी जयसवालको साथै ईलाका प्रहरी कार्यालय गरुडाले मिलोमतो गरी रौतहट जिल्ला अदालतको आदेशसमेत कार्यान्वयन नगराएको आरोप पीडितले निवेदनमार्फत लगाएका छन् ।

रौतहट जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको ईजलासले २०७९ मसिर १६ गतेका दिन निषेधाज्ञा आदेश गर्दै निवेदकको नाममा दर्ता रहेको किता नम्बर १६८५ र किता नम्बर १६८७ को जग्गामा पर्ने गरि कुनै पनि किसिमको निर्माण कार्य नगर्नु नगराउनु भनि रोक लगाएका थिए ।

अदालतले निषेधाज्ञा आदेश गरेपछि पनि गरुडा नगरपालिका वडा नम्बर ५ का विनोद जयसवाल लगायतले बाटो निर्माण कार्य जारी नै राखेकोमा आवश्यक कार्यवाहीको माग सहित बाटो निर्माण कार्य राोक्का गराई खसालेको सर समान हटाई लैजान समेत विपक्षीमा पहलका लागि पिडितले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ