नमुना विद्यालयमा २ कोठे भवन बन्ने

समाचार

कपिलवस्तु, २६ पुस । बुद्वभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले वडा नं ६ मा रहेको सरस्वती आधारभूत विद्यालयमा २ कोठे भवनको शिलान्यास गरेका छन् ।

उक्त २ कोठे भवन निर्माणको लागि कुल स्टीमेट रकम रू ३७ लाख ५० हजार मध्ये रू २२ लाख ५० हजार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतबाट स्वीकृत भएको हो भने रू १३ लाख १२ हजार ५ सय नगरपालिकाको अनुदान र रू १ लाख ८७ हजार ५ सय श्रमदानबाट हुने मेयर श्रेष्ठले बताए ।

उक्त विद्यालयमा कुल ३ सय ७१ विधार्थी अध्ययनरत रहेका छन् ।

बिद्यार्थीको चाप अनुसार कक्षा कोठाको कमी हुदाँ विद्यार्थी बसाल्ने एकदमै समस्या भईरहेको थियो भने अव २ कोठा थप भएपछि विद्यार्थी बसाल्ने सजिलो हुने उक्त विद्यालयकी प्रधानाध्यापक मिना गिरीले बताइन् ।

नरपालिकाले शिक्षा क्षेत्रमा परिवर्तन र्नको लागि भौतिक सुविधा साथै गुणस्तरिय शिक्षाको लागि योजना बनाएर काम भैरहेको समेत श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ