इमरान खान, काठमाडौं, २६ पुस । भारतको उत्तर प्रदेश गोरखपुर मदन मोहन मालवीय प्रविधि विश्वविद्यालय सभागृहमा विश्वकै तेस्रो आँखा मानिने मानव अधिकार संगठनको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
मानवअधिकार संगठनको अन्तराष्ट्रिय सम्मेलनमा कार्यक्रमका संयोजक, मानवअधिकार संगठनका संस्थापक महासचिव शैलेन्द्रकुमार मिश्र, प्रमुख अतिथि उच्च अदालत इलाहाबादका माननीय न्यायाधिश डा. गौतम चौधरी, विशेष अतिथिमा नेपालको नवलपरासी जिल्ला बाट नगरपालि प्रमुख बैजु प्रसाद गुप्ता अधिवक्ता राधाकान्त ओझा, बार एसोसिएसन इलाहाबादका अध्यक्ष अधिवक्ता एसडी सिंह जदौन, सचिव केसीपी गुप्ता लगायतका उपस्थित रहको थियो ।
केमिस्ट्री सेन्ट एन्ड्रयुज पोस्ट ग्रेजुएट कलेज गोरखपुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रा. जेपी पाण्डे उपकुलपतिबाट नेपालको रौतहट जिल्लाका पत्रकार इस्तयाक अहमदलाई प्रमाण पत्र सहित सम्मानित गरिएको थियो ।
त्यस्तै गरि इन्डियन जर्नलिस्ट एसोसिएसनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैसी लगायतका पत्रकार लाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया