पर्सा, २६ पुस । स्रोत नखुलेको नगद १२ लाख २० हजार रूपैयाँ सहित वीरगंज महानगरपालिका–१७ अलौ बस्ने २० वर्षीय राजन कुमार साह पक्राउ परेका छन् ।
सोही महानगरपालिका–२५ बाट सोमबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बिआर ०५ एई ३५५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया